चन्चले मन

 मेरो मन पनि कस्तो कस्तो अहिले एक दुनिया मा छ, सोच्दा सोच्दै यो चन्चले मन कुन दुनियामा पुग्छ,  खोइ कसरि सम्झाउनु यो मन लाई मान्दै मान्दैन सायद मेरो मात्र यस्तो होकी हजुर हरुको मन पनि सोच्दा सोच्दै अर्कै दुनियामा पुग्छ? आफुले त यस्को रहस्य पत्ता लगाउन सकिन अब खोइ कसरी बुझाउने होला कुन्नि? मन त दुनिया सर्ने मात्र हैन उस्को यादमा डुबेर मन परिवर्तन  गर्दछु। खोइ किन हो किन उनिले गरेको नराम्रो अनि धोका सझिदा त के याद आको होला जस्तो नि लाग्छ तर के गर्नु आखिर मन नै त हो, पलभरमै हासो अनि पलभरमै आशु बग्न कति पनि समय लाग्दो  रहेनछ।😢 तिमीले साथ नदिए पनि म तिम्रो याद हरुमै रमाउने छु । यो मन लाई नि बुझाउने छु कि कतै के हुने हो यो चन्चले मनको याद ले तिमी सग टाढा तिम्रो त्यो मिठो यादले मेरो यो चन्चले मन स्थिर हुने थियो  त गइ सके तर अझै यो मन तिमि सगै छ मेरो मन को हरेक कुना कुना मा तिमी छौ तिम्रो त्यो झुटो सोच भएको अनि त्यो मिठो बोलि सुन्न नपाए पनि तिमी  सधै मेरो मन मै रहन्छौ।

Babu

सायद तिमीले त तिम्रो ढुंगा जस्तो मन बाट हटाइ सके पनि मेरो मन बाट हटाउन सम्भब नै छैन  तिमी त केहि दिन को लागि मात्र मेरो चन्चले मन मा बसेको हैन, सधै अनि जुनी जुनी को लागि मन मा बसेको छौमेरो मन जति चन्चले भएता पनि माया को स्थिर नै थियो अनि सधै स्थिर नै हुनेछहजार छ जहा तिमि छौ म पागल भै सके तिमो त्यो लोभी माया ले। थाहै थिएन तिमी धोकेबाज छौ भनेर कच्चा धागो ले छिने झैँ छिन्यो हाम्रो सम्बन्ध😓।चैत बैसाख को हावा उडे  जसरी उड्यो मन को सबै सपना सबै हरायो मन को कूरा सबै बाट टाढा गयौ, तर मेरो मन खोइ किन तिम्रो सारै याद आउछ?😍 आखिर मन नै छ सबै भन्दा ठुलो माया त मन मिल्ने बितिक्कै भै हाल्छ नि, तेसैले मन साटे पछि तेस्लाई राम्रो सग सदुपयोग गर्नु होला? यदी दुरुपयोग गर्नु भयो भने तपाइलाई मात्र हैन तपाईको सोच, अरुप्रति गरिने विस्वास सधै को लागि हराएर जाने छ।  तेसैले आफ्नो चन्चले मन लाइ शान्त पारि अमुल्य जिबनमा कसैलाई मायाको नाटक गरेर मानसिक तनाब अनि सोच लाई कहिले परिबर्तन नगरौ। माया त टाढा छ तर के गर्नु टाढा भए पनि एकदम म बाट गाढा छ।

                                                                                                                                                    क्रमशः 

Comments

Popular Posts