तिम्रो याद
अनौठा ति तिम्रा बिर्सन नसकिने याद हरुले बेला बेला मा सताउने गर्दछ। चसक्क बिझाउने तिम्रो याद ज गरे पनि हटाउन सकिन, सायद तिमीले यो कुरा सुन्दा या पढ्दा हासो लाग्ला तर यथार्थ तिमी मेरो मन को हरेक कूनामा सजिएर बसेकी हुनाले तिम्रो याद सारै आउने गर्दछ। झन पानी परेको बेला अनि साँझ परेको बेला यो मुटु ले तिमीलाई खोज्ने गर्दछ। तिम्रो त मन पनि ढुंगा को रहेछ त्यसैले त माया को नाटक गरि मलाई धोका दिन पुगेउ। समय लाई बुझ्दै जाऊ तर एक दिन तिमीले पनि अबस्य धोका पाउनेछौ, अनि त्यो बेला साच्चिकै तिमीलाई मेरो याद आउने छ।तिमी हिड्ने बाटो तिर सधै जस्तो म हेर्ने गर्दछु| कतै तिमी त्यो मिठो मुस्कानमा तिमी देखिने छौ की, यो त मेरो तिम्रो यादमा आउने भ्रम हो। तिम्रो साथिहरु मुस्कुराउदै अनि मिठो मो:मो, चियाको चुस्की लगाउदै त्यो हरियो अनि खुल्ला चौरमा बसेर कतै गफ पो गर्दै छन् कि? बाटो नचिनी हतार-हतार गर्दै त्यो साथीको जन्मदिनको Cake काट्न समेत तिमी रिसाउदै मलाई नी पो पर्खेर बसेकी छौ कि? अनि बल्ल-बल्ल मख्ख पर्दै भेटेको बेलामा मिठाई 'Bounty' लाई डाइरिमा सजाएर राखेको फालेउकि कि अझै तेस्लाई हेरेर हास्ने गरछौ कि? त्यो सुन्दर ठाउँ जसमा टाढा टाढा बाट आएर बलियो सम्बन्ध गासिएका अनि ति तिम्रा, आखामा हाल्दा समेत नबिझाउने साथीहरु सग सम्बन्ध तेस्तै छ कि मलाई बिर्से जसरि बिर्सेउ कि? अनि त्यो रमाइलो कलेज कार्यक्रममा म आउदा कति खुसि भएको थियौ, अनि अब अरु आउदा पनि के तेती नी खुसि हुन सक्छौ कि? जति खुसि हेर्दा देखिन्छ तर त्यो खुसिको पछाडी नमिठो दु:खले राज गर्दछ। हेर्दा देखिएको खुसि खोस्न मानिसहरु अनेक रुपले पस्ने गर्दछन, अनि आफ्नो स्वार्थ पूरा भएपछी दुस्मन बन्न पर्दैनन्।
केवल यो सानो याद मात्र हो , शब्दमा वणन गर्न सकिन्न केवल सम्झना मात्र अनि त्यो मिठो सम्झना।
क्रमश:


Comments
Post a Comment