निलो आकाश

जब आकाशमा तारा हेरेर तिमीलाई सम्झने गर्दछु।  मुसुक्क हास्ने अनि रमाउने गर्दछु।  धुलोका कण र बादलको रंग जस्तै बिलाउन चाहना गर्दछु। कालो अनि अध्यारो अनकन्टार ठाउ जहाँ शुन्यता बाहेक केहि छैन त्यहि बिलाउने प्रयत्न गर्दछु। अन्तिम आश अनि सास रहे सम्म मुसुक्क मुस्कुराएर तिमीलाई हेर्ने बाचा कसम गरेको थिए तर तेस्तो भएन म  तिमीलाई नै खोज्ने गर्दछु । नि आकाशमा डुल्न चाहन्छु , जहाँ मेरा अनगिन्ती सपना कतै पूरा हुने त होइनन् ? शुन्यता मा तिमीलाई देख्न चाहन्छु मेरा मनमा भएका पिडा, हर्ष तिमीलाई सुनाउन चाहन्छु।

हरेक पटक तिम्रो आखामा खुसि देख्न चाहन्छु, जसरि रातमा अनगिन्ति तारा ले मलाई  आखा झिम्काउने गर्दछन । तिम्रा ओठमा हासो हेर्न चाहन्छु जसरि चन्द्रमा मुस्कुराउने गर्दछ। उडिरहेको धुलो अनि हिडिरहेको बादल जसरि मन मनै उडने गर्दछु, अनि तिम्रो मनमा हराउने गर्दछु। मनमा डर नै छैन डर पनि किन हुने मनमा तिमि छौ, तिमि मनमा भएपछी डर को कल्पनै नगरौ म त्यहि बिशाल कालो निलो ठाउमा सपनाको महल बनाउने कोशिस गर्दछु।  बगिरहेको सफा जस्तै तिमीमा बग्न चाहन्छु जहाँ धमिलो केहि नहोस्। छितिज जस्तै तिम्रो हात समाउन चाहन्छु जहाँ कुनै बाधा अबरोध नहोस। क्रमश … 

Comments

Popular Posts