बैगुनी बतास
निदाउरो मनले आकाश हेरे, कति धेरै ताराहरु सायद गर्मि मौसममा नदेखिने तारा जाडो लागेसी कति धेरै हुन्, तिम्रो सम्झना आयो। अझै म त्यसमै डुब्न लागे तिम्रो मायामा डुबेर निस्किन ससकेको म किनारा आउन सकिन नत त्यो मायाको गहिरो समुन्द्र बाट आर पार पार सके। लाग्छ तिमिबिना यहाँ शुन्यता मात्र छ। अर्थहीन छ केहि छैन। उडेर जाने ठाउ छैन। बाहिर हासो भएतापनी मनमा तिमि नै छौ नत यो मन बाट तिमि हटेर गयौ नत हावाहुण्डरिले उडाउन सक्यो के गर्नु अर्थहीन मात्र भयो। सपना सबै खरानी भए। उजाडलाग्दो बतास आयो सबै छरपस्ट बनायो सम्हाल्न नसकिने गरि छरियका कणहरु बिस्तारै बिलाउदै गए सबै कुरा हराउदै गए छरपस्ट सपना सबै माटोमा मिलेर गए सायद बैगुनी बतास आएर होला।


Comments
Post a Comment