झरी परेको रात

 कालो बादल संगै तप-तप गरेर ति पानीका थोपाहरु बर्सिन थाले, आसु जसरि बर्सि रहेका पानीका थोपा मेरो कानमा पर्न जान्थे । अनि उनी को याद बिस्तारै मेरो मन-मस्तिष्कमा पर्न जान्थो। पहिला जसरी पानी पर्दा उन को याद आउथ्यो अनि बिस्तारै उनी को याद धंड्कन जसरी ढुक-ढुक गर्न थल्थो। अनि उनी को फोटो हेर्ने गर्थे, अझ उसको त्यो मिठास अनि मिठो बोलीको एकदम याद आउथ्यो जसरि उसको याद ले आफुलाई उकुस मुकुस बनाउथो अनि साथ् मा भएको मोबाइल निकालेर उनी को नम्बर हतार हतार डाएल गर्न पुग्थे अनि उनी को मिठास बोलीमा मस्त हुन्थे बस् यो त केहि दिनको एउटा सपना रै छ, अहिले जसरि पानी परेको छ त्यसरी नै मेरो मन रोइरहेको छ। उसले भनेका कुराहरु अनि ति लाखौ अनगिन्ती सपना पूरा हुन्छ कि जस्तो लाग्थो "सायद उनी ले साथ् दिएको भए त् पूरा हुने थियो किनकि साथ दिनु नी सबै भन्दा ठुलो कूरा हो" तर के गर्नु सबै ति मिठा अनि बिर्सन नसकिने अनगिन्ती सपना पानी बगे जसरि बगेर गए ।

उनी ले देखेका अनि बाचा गरेका आशाहरु बादल बिलाए जसरि बिलाएर गए। उनी ले अनि मैले सगै कल्पना गर्दै एउटा नयाँ सहर को सपना देखको अनि बनाउदै गरेको भबिस्य थाहै नपाई पर्बत बाट आएको बाढीले बगाएर लग्यो। खोइ के भनुम कस्को नै विस्वाश गर्नु सबै आफ्नो स्वार्थ को लागि मात्र आफ्नो अनि स्वार्थ पूरा भएपछी पराई, पराई बाट दुस्मन बन्न कति पनि समय लाग्दो रहेनछ। जसरि उसले आश देखाएका कुराहरु सम्झेर मख्ख पर्थे, अनि एऊटा नयाँ सहर को कल्पना मेरो दिमाखमा गर्थे, तेही कसैलाई सजिलै विस्वास गर्ने बानीले आफैलाई कमजोर बनाइ रहेछ। मलाई लाग्थो माया मा सबै धोकेबाज हुदैनन् , कोहि त आफ्नो एक सपना पूरा गर्न आफ्नो पहिलो प्रेमीलाई जिन्दिगी भर साथ दिन्छन। तर के गर्नु अरुको मन मा के छ हेर्न सकिदैन। यथार्थ यहि नै हो जो जिबनमा आउछ, छोटो समयको लागि मिठो माया दिन्छ ,अनि बिर्सनै नसक्ने बनाउछ बिस्तारै सधै को लागि टाढा जान्छ। न त उनी को याद मेटेर मेटिन्छ? न माया नै मार्न  सकिन्छ? जे  जस्तो भएपनि एउटै चाहना छ जहा भए पनि खुसि हुनै पर्ने  बाध्यताले आफ्नो पिडा नै पिडा ले भरिएको अनि हजारौ टुक्रा टुक्रा भएको आफ्नो मन लाई सम्हालेर  दुनियाको अगाडी हास्नु पर्ने आखिर यही नै हो जिन्दगि। 

                                                                                                                                                      Bibek BB

Comments

Post a Comment

Popular Posts